परीक्षामा पास हुन रातो कट्टु
राम्रो नतिजाका लागि गहन अध्ययन नै प्रमुख उपाय हो । सांस्कृतिक विविधताका कारण विभिन्न देशमा धेरै चलन प्रचलित छन् । बिबिसीका अनुसार मध्यपूर्वी एसियामा विद्यार्थीले परीक्षामा राम्रो गर्नका लागि अपनाउने केही उपाय यस्ता छन् ।
१) जापानमा किटक्याट : जापानका
विद्यार्थीले परीक्षाको अघिल्लो र परीक्षाको दिन काटसुडन नाम गरेको खाना
खान्छन् । एक कचौरा तातो भात, अण्डा र सुङगुरको मासु मिलाइएर बनाइएको
काटसुडन खाएमा परीक्षा राम्रो हुने विश्वास छ । यस्तै जापानका विद्यार्थीमा
राम्रो परीक्षाका लागि किटक्याट चकलेट आपसमा बाँड्ने चलन पनि छ । किट्टो
काट्टो नाम गरेको चकलेट खाएमा परीक्षा पूर्ण सफल हुने विश्वास गरिन्छ ।
२) दिनको एउटा स्याउ : हङकङमा स्याउ खाएमा
परीक्षा राम्रो हुने विश्वास छ । हङकङका विश्वविद्यालय तथा क्याम्पसका
क्यान्टिनमा स्याउका विभिन्न परिकार पाइन्छ । चिनियाँ भाषामा स्याउलाई पिङ
गुओ भनिने र त्यसको अर्थ सुरक्षा हुने भएकाले दिनको एउटा स्याउ खाएमा
परीक्षा निश्चित पास हुने विश्वास गरिन्छ ।
३) कपाल नधुने : दक्षिण कोरियामा परीक्षा
अघि टाउको नुहाउन नहुने धारणा छ । टाउको नुहाएर परीक्षा दिन गएमा दिमागमा
भएको सबै कुरा जान्छ भन्ने धारणा छ ।
४) परीक्षाका लागि पागलपन : हङकङमा
परीक्षा सुरु हुनुभन्दा एक महिना अघिदेखि विद्यार्थी स्थानीय क्लब,
सामुदायिक तथा आवसीय भवनमा जम्मा भएर सुपरपास भन्ने अभियान गर्छन् ।
यस अन्तर्गत विभिन्न क्रियाकलाप हुन्छ,
जसले परीक्षा पास गर्न सहयोग गर्ने विश्वास गरिन्छ । यसमा चिनियाँ
रेस्टुरेन्टमा सुपरपास डिनर गर्ने चलन छ । यो डिनरमा काजुको साथमा सुङगुरको
मासु खाने गन्छि । सुङगुरको मासु क्युब आकारको हुन्छ । काजुलाई पास हुने
शुभकामना तथा सुङगुरको मासुलाई विशिष्ट श्रेणीको कामनाका रुपमा लिइन्छ ।
५) भाग्यको एक टुक्रा : चीनमा परीक्षा दिन
जानुअघि बंगुरको रोस्ट बनाइएको मासुलाई टुक्रा गर्ने चलन छ । प्रत्येक
परीक्षार्थीलाई एक पटक बंगुरको मासुलाई टुक्रा पार्ने अवसर दिइन्छ । टुक्रा
पार्न सफल हुने विद्यार्थी पहिलो पटकमै पास हुने र नसक्नेले अर्को पटक
फेरि परीक्षा दिनुपर्छ भन्ने मान्यता छ ।
६) सफलताका लागि प्राथना : पूर्वी एसियाका
विभिन्न देशमा परीक्षा दिन जानुअघि भगवानसँग सफलताका लागि प्राथना गर्ने
चलन छ । यस्तै अभिभावकले पनि आफ्ना सन्तानको सफलताका लागि प्राथना गर्छन्
।
७) समुद्री लेउको सुप : दक्षिण कोरियामा
परीक्षाअघि समुद्री लेउ (सिविड) को सुप (रस) खान हुँदैन भन्ने चलन छ ।
यस्तो सुप दक्षिण कोरियामा धेरै खाइने गर्छन् । तर परीक्षा अघि यो सुप
खाएमा घोकेको सबै बिर्सिन्छ भन्ने विश्वास छ ।
८) कुखुराको मासु : दक्षिण कोरियामा
विश्वविद्यालयको प्रवेश परीक्षा अघि कुखुराको मासु खाने चलन छ । यसले स्मरण
शक्ति बढाउने विश्वास गरिन्छ । यस्तै मलेसिया, हङकङ तथा दक्षिण कोरियामा
परीक्षाअघि र परीक्षाको दिन चिकेन जुस पिएमा परीक्षा राम्रो हुने विश्वास छ
।
९) रातो कट्टु लगाउने : चीनमा रातो रंगलाई
शुभ मानिन्छ । चीनमा धेरैले परीक्षाका बेला रातो रंगको लुगा लगाउनु त्यसमा
पनि भित्री कट्टु रातो लगाउनु निकै शुभ हुने विश्वास गर्छन । चीनमा कुनै
पनि सफल व्यक्तिलाई तपाईंले परीक्षाका बेला रातो कट्टु लगाउनु भएको थियो ?
भनेर सोध्ने चलन पनि छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्