चराले यसरी क्षति बनायो प्लेन (तस्बिरसहित)
एजेन्सीः जहाजको अगाडीको भागमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।
इजिप्ट एयरको ७३७–८०० बोइङ उडिरहेको अवस्थामा चरा ठोक्किएपछि बोइङको अगाडिको भागमा क्षति पुगेको छ । ठोकिएको चराको रगत बोइङमा लागेको छ ।
चार ठोकिएर क्षति पुगेको बोइङलाई हिथ्रो विमानस्थलमा सफल अवतरण गरिएको थियो । उक्त विमानमा ७० जना यात्रु थिए ।
इजिप्टको कायरोबाट शुक्रबार उडेको उक्त बोइङ पश्चिम लण्डन विमानस्थलमा सुरक्षित अवतरण भएको थियो ।





0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्