एलजीले ल्यायो लामखुट्टे भगाउने टेलिभिजन
दक्षिण कोरियाली कम्पनी एलजीले यस्तो
टेलिभिजन ल्याएको छ जसले लामखुट्टे भगाउनेछ । साँच्ची अब लामखुट्टेबाट
बँच्नका लागि कुनै मस्क्यूटो क्वाइल वा झुलको आवश्यकता पर्नेछैन । मात्र,
टेलिभिजन खोल्नुहोस् लामखुट्टे भागिहाल्नेछ ।
एलजीले आफ्नो नयाँ रेन्जको मस्क्यूटो अवे टिभी बजारमा ल्याएको हो । यो टेलिभिजन ३१.४ इन्च र ४२.५ इन्च स्क्रिनमा उपलब्ध छ ।
खासगरी भारतीय उपमहाद्विपका
प्रयोगकर्तालाई अहिलेको गर्मी याममा लक्षित गर्दै एलजीले यो टेलिभिजन
उत्पादन गरेको बताइएको छ । यसमा अल्ट्रा सोनिक डिभाइसको प्रयोग गरिएको छ ।
जुन एकपटक एक्टिभेट गरिसकेपछि लामखुट्टेलाई भगाउने काम गर्नेछ ।
साउण्ड वेभ अर्थात् आवाजका तरंगको माध्यमबाट यसले लामखुट्टे भगाउने काम गर्दछ र कुनैपनि हानिकारक विकिरण उत्पादन गर्दैन ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्