कोरियन भाषा परीक्षामा पनि नक्कली परीक्षार्थी, ३१ पक्राउ
सरकारले यसवर्षदेखि इपीएस भाषा परीक्षामा
खेताला परीक्षार्थी सहभागी हुने क्रम रोक्न भन्दै फारम भर्न नै मेसिन
रिडेबल पासपोर्ट एमआरपी अनिवार्य गरेको थियो । तर, अरुकै एमआरपी बोकेरै पनि
परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको इपीएस कोरिया
शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।
परीक्षामा झण्डै ९५ प्रतिशत परीक्षार्थी
सहभागी भए । शनिबार भएको दुई चरणको परीक्षामा २८ हजार ६ सय ८२ जनाले
सहभागिता जनाए । पहिलो दिन १५ सय २० जना अनुपस्थित रहे भने ३१ जनाले नक्कली
परीक्षार्थी पठाएको भेटिएको निर्देशक बास्तोलाले जानकारी दिए ।
पहिलो सिफ्ट अन्तरगत १४ हजार ३ सय ६४ र
दोस्रोमा १४ हजार ३ सय १८ जनाले परीक्षा दिए । भोलि आइतबारपनि दुई सिफ्टमा
परीक्षा हुनेछ । पोखरा र काठमाडौंका २१ वटा परीक्षा केनद्रमा परीक्षा
सञ्चालन भइरहेको छ ।
यसवर्ष ५२ हजार दुई सय २२ पुरुष र आठ हजार
चार सय चार महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार एक सय
७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार चार सय ५१ छन् ।
कोरियाले यस वर्ष तीन हजार १०० लाई कोरिया
लै जाने गरी कोटा तय गरेको छ । तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई
हजार १०० जना कृषिका लागि दक्षिण कोरिया जानेछन् ।
परीक्षा दिन आउँदा एआरपी र प्रवेशपत्रको सक्कल अनिवार्य गरिएको छ । परीक्षाको नतिजा आउँदो साउन ११ गते प्रकाशित हुनेछ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्