अनुभूति : अमेरिकामा पिल्सिएका नेपालीको मन

usaको लागि तस्बिर परिणामआज विश्वभर अमेरिका भन्ने शब्द आफैमा गौरववान भएको छ । त्यहाँको डलरले आज विश्व बजार खाएको छ । उनीहरु नयाँ प्रविधिको आविष्कारमा दुई कदम अगाडि आफ्ना सफलताका पाइलाहरु चाल्दै गएका छन् । अमेरिकामा उत्पादिन हुने सामग्रीहरुसँग अन्य देशका उत्पादन सामग्रीहरुले प्रतिष्पर्दा गर्न सक्ने अवस्था पनि छैन । त्यसैले सुसम्पन्न अमेरिकाले आफ्नो देशका नागरिकहरुलाई विभिन्न किसिमका सेवा सुविधा दिने गरेको छ । तर सोही देशमा आइपुगेका आप्रवासीहरुको अर्थात विभिन्न किसिमको बाहाना बनाई अमेरिका भासिएकाहरुका मानिसको जीवन कस्तो होला ? सबैको मनमा यो कुराले कौतुहलता जगाउने गरेको छ ।
एक दशक लामो मेरो पत्रकारिता पेसालाई आत्मसात गरी विभिन्न फरक–फरक विषयवस्तुमा मेरो कलम चलउँदै गर्दा, आज अमेरिकामा छरिएर रहेका नेपालीहरुको कथा, गाथा र त्यहाँका मानिसहरुले भोगेको पीडाका घाँउलाई फेरि एकपटक कलमको माध्यमबाट बल्झाउँदै छु । बाहिरबाट जसरी अमेरिका भनेर चिनिने गरेको छ, त्योभन्दा फरक छ, अमेरिकामा बासोवास गर्ने नागरिकहरुको पीडा । अझै वर्षौंदेखि शरणार्थी जीवन विताई अमेरिकामा रगतको पसिना बगाउनुपरेकामा काहालीलाग्दो जीवनको पीडा कसैले कल्पनासमेत गर्न सक्दैन ।
अमेरिकामा पुगेका अन्य देशका नागरिकहरु मात्र नभएर आफ्नै देशका नागरिकप्रति राज्य कति उदासीन छ, त्यसको व्याख्या विश्लेषण गर्न गाह्रो छ । उनीहरु रातदिन आगोको रापमा पिल्सिए जस्तो गरी जीवन बिताउनुपरेको छ । अमेरिकामा रहेको सबैभन्दा ठूलो रङ्गभेदका कारण सयौँ मानिसहरु सुरक्षित स्थानको खोजीमा चित्कारको आवाज निकाल्दै आफ्नो पुख्र्यौली थातथलो छोड्ने गर्दछन् । मातृभूमिमा भइरहेको आन्तरिक द्वन्द्व र बाहिरबाट हुने आतङ्ककारीको गतिविधिबाट जोगिन उनीहरुले अन्य देशहरुसँग शरण लिन पुग्ने गर्दछन् । त्यतिकै त आफू जन्मेको हुर्केको ठाउँ छाडेर अर्को मुलुकमा शरणार्थी बन्ने चाहना कसैमा हुँदैन ।
रहेक मानिसको आफ्नो मुलुकसित छुट्टै नाता हुन्छ । त्यो नाताबाट विछोडिनु परेको पीडा कति चर्को छ ? अहिले अमेरिकामा यस्तो पीडा छ भन्दा विश्वास नलाग्न सक्छ । तर वास्तविकता त्यही छ । देशको वातावरण पनि राम्रो छैन । बुढौलीमा बाबुआमाले छोराछोरीको सुखको कमाइ खान लाउनसमेत पाउँदैनन् । जीवनको अन्त्यसम्म पनि आफ्नै पाखुरा बजारेर बाँच्नु पर्ने कष्टकर जीवन छ, त्यहाँका नागरिकको । अमेरिकामा यस्तै–यस्तै दर्दनाक पीडाको जाँतोमा पिल्सिएर बस्न माध्य छन् नेपालीहरु पनि । त्यसैले त उनीहरु जुन नेपाल र नेपाली भन्ने वित्तिकै मन हर्षित हुने गरेको बताउँछन ।
एउटै घरमा बासोवास गर्ने नेपाली भए पनि हप्तौँ महिनौँसम्म भेटघाट समेत हुन पाउँदैन । जीवनको यात्रामा भोगेका सुख दुःखका कुराहरुले मन भरिएको हुन्छ । तर सबै एक आपसमा आदानप्रदान गर्न नपाउँदाको पीडाले उनीहरु झनै छट्पटाइ रहेका हुन्छन् । कहिलेकाहीँ भेट भयो भने शरीर प्रदेशमा भए पनि मन स्वदेशमै भएको जस्तो गरी एक आपसकमा अँगला हालेनर आफ्नो अनुभूतिलाई साटासाट गर्ने गरेका छन् । पछिल्लो समयमा नेपालीहरुले पाएको सुख र दुःखको विषयवस्तुमा सबैले सञ्चारमाध्यबाट देख्न, पढ्न र लेख्न पाएका छन् । उनीहरुको घाउँमा मलमपट्टी बाँध्ने काम सञ्चार जगतले गरेको छ । मनमा घुम्सिएर रहेका कुराहरुलाई आफन्तसम्म पु¥याई उनीहरुको दैनिक जीवनमा भएका सत्य र तथ्य कुरालाई बाहिर ल्याउन गतिलो हतियार सञ्चारमाध्यम भएको छ ।
केहीअघिदेखि आफूहरुले भोगका दुःखका घटनालाई समाल्न नसकी आत्महत्याको बाटो रोज्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ । त्यसमा अमेरिकी नागरिक मात्र नभएर बाहिरबाट गएका गैरनागरिकहरुको संख्या धेरै रहेको सरकारी तथ्यहरु सार्वजनिक भइरहेका छन् । त्यही पीडाको घाउमा मलहम लगाउनका लागि अमेरिकी समाजमा नवधनाढ्यहरुको बहुल्यतासँगै आफ्नो नेपालीको अस्तित्व खोज्ने प्रयासमा भइरहेको छ । नेपाली कला संस्कृतलाई सधैँ माया गरी त्यसको जगेना गर्नेतर्फ पछिल्लो पुस्ता अग्रसर भएर लाग्ने गरेका छन् ।
सुविधासम्पन्न आधुनिक जीवन जिउन पाउँदा जति खुसी छन्, त्यति नै दुःखी पनि छन् । त्यहाँको रहनसहन, रीतिरिवाज, चालचलन र कला संस्कृति देखेर नेपालीहरु वाक्कदिक्क हुने गरेका छन् । त्यसैले अमेरिकामा वर्षौं÷वर्षसम्म बसेर राम्रो आर्थिक हैसियत बनाएका नेपालीहरु पनि रात दिन आफ्नो प्यारो जन्मभूमिलाई सम्झिरहेका हुन्छ । गरिबीले मानिसलाई अन्य देशमा जति गुलामी गनुुपर्ने बाध्यता बनाए पनि आफ्नो नेपाली हुनुको गौरव र जन्मभूमिलाई कहिल्यै विर्सिएका हुँदैनन् । जीवन जिउँनका लागि संसारको जुन कुनामा गए पनि सबै नेपालीहरुको अन्तिम चाहाना आफ्नो देशमा दहत्याग्न नेपालमै पाइयोस भन्ने रहेको छ । त्यसैले त उनीहरु नेपाली भएर जन्मनु र नेपालमै देहत्याग्न पाइयोस भनेर प्रर्थना गर्दछन् । हामी जहाँसुकै कुना कन्दरामा भए पनि हामी नेपाली हौं ।
नेपाली भएर जिउँनु पर्दछ भन्ने गरेका छन् । जति सुख दुःखको जीवन बिताए पनि नेपाली कला, संस्कृति, सामाजिक संस्कारलाई त्यति नै माया गर्दछन् । भने कहिल्यै पनि तीनलाई विर्सिन सक्दैनन् । देशको विकराल अवस्थाबाट उकुसमुकुस भएर विदेशिन बाध्य भएका नेपालीहरु पनि त्यहाँको सामाजिक संस्कारले छिट्टै नै आफ्नो देशको स्मण गराउने गर्दछ । अमेरिका यस्तो देश हो, जहाँ काम नगरी कोही टिक्नै सक्दैन । अमेरिकामा गएका नेपालीहरु कडा मिहिनेतमा कमाएको रुपियाँ उनीहरुलाई आफ्नो मातृभूमिका केही गर्ने चाहाना गरेका हुन्छन् ।
अब त्यसका लागि राज्यले उनीहरुको लागि सहज वातावरण बनाई विदेशमा बसोबास, मिहिनेत गरी व्यापार व्यावसाय गर्न त्यहाँको कानुनी धेरै अप्ठ्यारो भएकाले स्वदेशमै लगानी गर्नका लागि प्रोत्साहन दिई अमेरिकामा रहेका नेपालीलाई मात्र नभएर विश्वमा छरिएर रहेका नेपालीहरुलाई आफ्नै देशमा फकर्ने वातावरण राज्यले बनाई संसारभर रहेका नेपालीहरुले पनि आफ्नो काम, कर्तव्य र अधिकार के हो ? भन्ने कुराको बोध गरी जन्मभूमि फर्किने सोच गर्नु अति आवश्यक छ ।

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्