साउन १६ भित्रै कक्षा ११ को पढाइ सुरु गर्न निर्देशन
परिषद्ले शनिबार एक सार्वजनिक सूचना जारी
गर्दै साउन १५ गतेभित्रै भर्ना गरी १६ गतेदेखि कक्षा सञ्चालन गर्न सबै
क्याम्पस र विद्यालयलाई निर्देशन दिएको छ ।
यस्तै कक्षा १२ को भर्ना साउन १ गतेभित्र
गरेर २ देखि कक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख छ । विद्यार्थीले भदौभित्र
परिषद्को लागि रजिष्ट्रेशन फारम भर्नुपर्नेछ । यस्तै आउँदो माग १ गतेदेखि
परीक्षा फारम भरिनेछ ।
माघ महिनाभरि फारम भर्ने समय तोकिएको छ । कक्षा ११को भर्ना २०७४को अन्तिम हप्तामा सञ्चालन हुनेछ भने १२को दोस्रो सातामै हुनेछ ।
सूचना हेर्नुस्


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्