चितवनका ७२ प्रतिशत पोल्ट्री फर्महरु नाफामा, वार्षीक १० अर्बको कारोबार
चितवन। चितवनमा सञ्चालित पोल्ट्री व्यवसायबाट ७२ प्रतिशत फर्महरु नाफामा देखिएका छन् ।
जिल्लामा संचालित १ हजार ९ सय २३ र्फम
मध्ये ७२ प्रतिशत नाफामा देखिएको हो । पोल्ट्रीको राजधानीका रुपमा समेत
परिचित यहांको कुखुरा, अण्डा, मासु उत्पादनका किसानहरु आत्मनिर्भर
व्यवसायिक रुपमा अब्बल बनेका कारण नाफा देखिएको केन्द्रीय तथ्याङ्गक
विभागले जनाएको छ ।
चितवनमा पहिलो पटक आर्थीक वर्ष २०७१/७२ मा
गरेको व्यवसायीक कुखुरा पालन सर्वेक्षणको तथ्याङ्गक सार्वजनीक गर्दै । ७२
प्रतिशत नाफा गर्न सफल चितवनले मात्रै व्यवसायिक रुपमा कुखुरा पालनबाट
बाषिर्क १० अर्ब १७ करोड ७७ लाख ३३ हजार रुपैयाँ बराबरको आर्थीक कारोबार
गर्न सफल देखिन्छ ।
जसमा नेपालमा मासु, अण्डा तथा चल्ला
बिक्रीबाट व्यवसायबाट वाषिर्क ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार रुपैयाँ
बराबर आर्थीक कारोबार हुने गरेको केन्द्री तथ्याङ्गक विभागका निर्देशक
बद्री कुमार कार्कीले जानकारी दिए । नेपालका ११ हिमाली जिल्ला बाहेकका ६४
जिल्लामा व्यवसायीक कुखुरा पालन हुने गरेको उनको भनाई थियो ।
जिल्लामा मासुका लागि कुखुरा बिक्रीबाट एक
अर्ब ९७ करोड ६० लाख ६४ हजार, अन्डा बिक्रीबाट पाँच अर्ब ९१ करोड सात लाख छ
हजार, चल्ला बिक्रीबाट दुई अर्ब सात करोड ६९ लाख ७० हजार तथा मल बिक्रीबाट
२१ करोड ३९ लाख ७३ हजार रूपैयाँ आम्दानी भएको छ ।
चितवनमा १२ हजार ९१ मेटि्रक टन मासु
उत्पादन गरेको अनुमान छ । विभागको तथ्याङ्कअनुसार नेपालमा वर्षमा एक अर्ब
२० करोड २१ लाख ६६ हजार वटा अन्डा उत्पादन हुने गरेको छ । जसमध्ये चितवनमा
मात्र ८१ करोड १९ लाख एक हजार वटा अन्डा उत्पादन भएको छ । यो कुल उत्पादनको
६८ प्रतिशत हो । नेपालमा १२८ वटा हृयाचरीले ११ करोड २२ लाख ९० हजार अन्डा
इन्क्युबेटरमा राखी आठ करोड ३३ लाख ६१ हजार चल्ला उत्पादन गरेको पाइएको छ ।
जसमध्ये चितवनमा मात्र करिब पाँच करोड चल्ला उत्पादन भएको छ ।
चितवनमा १ हजार ३ सय ६५ ब्रोइलर र्फम, ५
सय २ लेयर्स र्फम,र ५६ वटा हृयाचरीगी १ हजार ९ सय २३ वटा र्फम संचालनमा
रहेको विभागले जनाएको छ ।
चितवन कुखुरा उत्पादन, अण्डा उत्पादन र
चल्ला उत्पादनका दृष्टिकोणले अग्रणी जिल्लाको रुपमा तथ्याङ्गकले देखाएको
केन्द्रीय तथ्याङ्गक विभागका उपसचिब केशबप्रसाद प्रसाईले जानकारी दिए ।
नेपालमा चितवन, काभ्रेपलाञ्चोक, दाङ, सुनसरी र धादिङमा सबैभन्दा बढी कुखुरा पालन हुने गरेको विभागले जनाएको छ ।
५० प्रतिशत बैक ऋणमा
५० प्रतिशत बैक ऋणमा
व्यवसायिक रुपमा अब्बल चितवनमा पोल्ट्री
क्षेत्रमा ५० प्रतिशत बैक तथा वित्तिय संस्थाबाट ऋण लिएको विभागले जनाएको छ
। व्यवसायिक रुपमा अब्बल र क्षेत्र विस्तार गर्न किसानले ऋण लिएको विभागको
प्रतिवेदनमा उल्लेख छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्