आमालाई सर्पले डस्यो, दुध चुस्दा बच्चाको मृत्यु
वास्तवमा उक्त बच्चाकी आमालाई सर्पले डसेको थियो । सर्पले डसेसँगै आमाको मात्र होइन, आमाको दुध चुस्ने बच्चाको पनि मृत्यु भएको छ ।
यो घटना भारतको आन्ध्र प्रदेशस्थित
अनन्तपुर जिल्लाको हो । अनन्तपुर जिल्लाको लटचनापल्ली गाउँमा बस्ने
चन्द्रकला नामकी २८ वर्षीया महिलालाई गत बिहिबार घरमै सुतेको बेला रातमा
सर्पले डसेको थियो । उनले खुट्टामा कुनै किराले टोकेको होला भनेर वास्ता
गरिनन् । रातमा आफुसँगै सुताएको सानो छोरालाई उनले दुध चुसाइन् पनि ।
सर्पले डसेका कारण चन्द्रकलाको मात्र होइन
जिउमा विष फैलिएका कारण उनको दुध चुस्ने बच्चाको पनि रातभरमा अवस्था निकै
नाजुक बनिसकेकेा थियो । अर्को बिहान उठ्दा चन्द्रकलाका श्रीमानले श्रीमती र
छोराको मुखबाट फिँज निस्किरहेको देखे । आमाछोरालाई उपचारका लागि अस्पताल
लगियो । जहाँ उनीहरुको उपचारकै क्रममा मृत्यु भयो ।
पछि मृत्युको कारणबारे जाँच गर्दा
चन्द्रकलालाई सर्पले डसेको र उनको सरीरमा विष फैलिँदा दुध समेत विखालु भएको
अनि सोही दुध चुस्दा छोराको समेत मृत्यु भएको निष्कर्ष निकालिएको छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्