उपत्यकाको पुनर्निर्माणमा सबै महिला इन्जिनियर
महिलालाई उपत्यका बाहिर गएर काम गर्न कठिन
हुने भन्दै शहरी विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन
इकाइले उपत्यकाका तीनवटै जिल्लामा महिला इन्जिनियरहरु खटाएको हो ।
कतिपयको दबाबका बाबजुद पनि महिला
इन्जिनियरहरुलाई उपत्यकामा प्राथमिकताका साथ पोष्टिङ गरिएको शहरी विकास
मन्त्रालयका सहसचिव समेत रहेका आयोजना कार्यान्वयन इकाइका निर्देशक शिवहरी
शर्माले अनलाइनखबरलाई जानकारी दिए ।
‘पुनर्निर्माणका लागि उपत्यकामा ११८
इन्जिनियरको दरबन्दी थियो,’ उनले भने- ‘पहुँचवाला मान्छेहरुले आफ्ना निकट
पुरुष इन्जिजियरहरुलाई उपत्यकामा पोष्टिङ गर्न दबाब दिँदादिँदै पनि मैले
सबै महिलालाई पोष्टिङ गरिसकेको छु ।’
पुुनर्निर्माणका लागि रहेको कुल दरबन्दी १
हजार ४ सय ४६ मध्ये २ सय ८६ जना महिला इन्जिनियर छनोट भएका थिए । १ सय १८
महिला इन्जिनियर उपत्यकामा पोष्टिङ भएपछि बाँकी रहेका १६८ लाई काठमाडौं
नजिकैका जिल्लाहरु धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र मकवानपुरमा पोष्टिङ
गरिएको शर्माले जानकारी दिए ।
‘छनोटमा परेका अधिकांश महिलाले
काठमाडौंमा पोष्टिङ गर्न माग गरेका थिए,’ उनले भने- ‘ त्यसैले उपत्यकाको
दरबन्दीजति सबैमा महिलालाई पोष्टिङ गरिएको छ, बाँकी रहेकालाई काठमाडौंको
नजिकै रहेका जिल्लामा पठाइएको छ ।’
तर, महिला इन्जिनियरहरुले आफ्नो इच्छाअनुसार अन्य जिल्लामा पनि पोष्टिङ हुन पाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
तर, महिला इन्जिनियरहरुले आफ्नो इच्छाअनुसार अन्य जिल्लामा पनि पोष्टिङ हुन पाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
एक महिनाअघि शहरी विकास तथा भवन निर्माण
विभागले इन्जिजियरहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ७० प्रतिशत र
अन्तर्वार्तामा ३० प्रतिशत नम्बर दिने गरी परीक्षा लिएको थियो । कूल १४४६
जनाको दरबन्दी रहेकोमा फस्ट लिस्ट र सेकेन्ड लिस्ट गरी २९ सय जनाको नाम
सार्वजानिक गरेको थियो ।
एक हजार इन्जिनियर र १ हजार सब इन्जिनियर
तथा सहायक इन्जिनियर गरी हालसम्म २ जार इन्जिजियरहरु भूकम्पपछिको
पुनर्निमाणको काम प्रभावित क्षेत्रमा पुगिसकेका शर्माले जानकारी दिए ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्