अब सुगाले खोज्नेछ हत्याको रहस्य
अमेरिकाको मिसिगनमा भएको हत्याकाण्डमा एउटा अनौठो साक्षीले बकपत्र गर्ने
कुराले दुनियाभर चर्चा पाएको छ । मार्टिन डुरम नामका व्यक्तिको हत्याको
विषयमा चलेको मुद्दामा सुगाले गवाहको रुपमा बयान दिने भएको हो ।
डुरमको एक वर्षअघि आफ्नै घरमा गोली हानी
हत्याभएको थियो । उक्त हत्या कसले गराएको हो ? अझै खुलेको छैन ।
गोलीकाण्डमा सख्त घाइते भएकी डुरमकी पत्नी सघन उपचार पछि अहिले निको भएकी
छिन् । तर उनीपनि लोग्नेको हत्या कसले गरेको हो भन्न सक्दिनन् ।
मार्टिकका आबाबुवाका अनुसार घरमा पालेको
बड नामको सुगाले हत्यारा पत्ता लगाउन सक्ने दाबी गरेका छन् । उनीहरुका
अनुसार बडले सायद मार्टिनको हत्याको दृश्य देखेको थियो र मार्टिनले हत्या
हुने बेलामा बोलेको अन्तिम शव्द पनि सुनेको थियो । उनीहरुले बडको एक भिडियो
पनि बनाएका छन् । जसमा उक्त सुगाले भनेको छः Don’t f…cking Shoot’l ।
उक्त भिडियोलाई प्रमाणको रुपमा अदालतले ग्रहण गरोस् भन्ने उनीहरुको चाहना छ
।
वाशिंटन पोष्टमा छापिएको खबर अनुसार
मार्टिन घटना दोहोरो हत्याको एक नमूना हो । मार्टिनको शवसँगै पत्नी ग्लेना
पनि सोही घरमा फेला परेकी थिइन् । त्यसैले उनीमाथि पतिहत्याको आशंका लागेको
छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्