अनौठो ठाउँ, जहाँ भगवानलाई नै मृत्युदण्ड दिइन्छ
भगवान श्रीकृष्णले पवित्र ग्रन्थ गितामा
भन्नुभएको छ की यस धर्तीमा गरिने हरेक राम्रो नराम्रो कर्मको फल मानिसले
भोग्नुपर्छ । तर आफ्ना कर्मको फल केवल मानिसले मात्र होइन भगवानले पनि
भोग्नुपर्दोरहेछ यो कली युगमा ।
भगवानले पनि आफुले गरेका गलत कर्मको लागि
सजाय भोग्नुपर्छ । गलत काम गर्ने भगवानलाई कठघरामा उभ्याइन्छ अनि सुरु हन्छ
आरोप प्रत्यारोपको श्रृंखला । भगवानलाई निष्कासनदेखि लिएर मृत्युदण्ड
सम्मको सजायँ दिइन्छ ।
भगवानलाई नै मृत्युदण्ड दिने यस्तो अनौठो
तथा अपत्यारिलो काम हुन्छ हाम्रै छिमेकी भारतमा । भारतको छत्तिसगढको बस्तर
जिल्लास्थित केशकाल नगरमा भंगाराम देवीको मन्दिर छ । भंगाराम देवी मन्दिर
स्थानीय धेरै गाउँको आस्थाको केन्द्रको रुपमा रहेको छ । हरेक वर्ष उक्त
मन्दिरमा ठूलो मेला लाग्छ । मेलामा स्थानीय आसपासका सबै गाउँका मानिसहरुले
आ आफन्ा देवी देवता लिएर उक्त मन्दिरमा पुग्दछन् । एउटा देव अदालत खडा
गरिन्छ त्यहाँ ।
उक्त अदालतमा गाउँलेहरुले देवी देवताहरुलाई प्रतिवादी बनाएर उजुरी हाल्छन् । सबै दोषी देवी देवताहरुलाई देव अदालतमा पेश गरिन्छ ।
उक्त देव अदालतको न्यायाधीशको रुपमा
भंगाराम देवीको मन्दिरका पुजारी हुन्छन् । दिनभर अदालतमा मुद्धाको सुनुवाई
हुन्छ र बेलुकी फैसला सुनाइन्छ । देवी देवताहरुले गाउँलेउपर गरेका अन्याय
तथा अपराधकर्मको लागि सजायँ सुनाइन्छ ।
जसमा ६ महिनासम्म निष्कासन गर्नेदेखि लिएर
अनिश्चितकाल सम्मका लागि निष्कासन गर्ने सम्मको हुन्छ । यति मात्र होइन,
देवी देवतालाई मृत्युदण्डको सजाय समेत दिइन्छ । मृत्यु दण्डको सजायँ दिँदा
भगवानको मूर्तिलाई फोडिन्छ । निष्कासनको सजाय पाउने देवी देवतालाई मन्दिरको
नजिकै बनेको एक खुल्ला जेलमा छाडिन्छ ।
सजाय काटिसकेपछि ती देवीदेवताका
मूर्तिहरुलाई पुनः धुमधामपूर्वक पुजा गरेर ससम्मान गाउँलेहरुले आ आफ्ना
मन्दिरमा लगेर स्थापित गर्दछन् ।
देवी देवताहरुमाथि लाग्ने अधिकांस
अभियोगहरु मानिसहरुका इच्छा पूरा नगरेको सम्बन्धी नै हुने गरेका छन् ।
बालीनालीको उत्पादन कम भएमा, घरपालुवा पशुहरुलाई रोगविमार लागेमा तथा
गाउँलेहरु बिरामी परेमा वा अकालमा मरेमा पनि देवी देवताहरु विरुद्ध देव
अदालतमा मुद्धा हाल्ने गरिएको छ । रोचक कुरा त के भने यो मेलामा
महिलाहरुलाई भने जान निषेध गरिएको छ र जात्राको प्रसाद खान पनि दिइँदैन ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्