के तपाई दिउँसो सुत्नु हुन्छ ? यदी सुत्नु हुन्छ भने एक पटक यो पढ्नुस् र आफै निर्णय लिनुस् ! के हुन्छ दिउँसो सुत्दा ? पुरा पढ्नुस जनिराख्नुस
दिनमा साना बच्चा र अल्छीहरु मात्रै सुत्नुपर्छ भन्ने छैन । सामान्य मानिसहर पनि दिनमा केहि समय सुतेर स्वस्थ र स्फूर्त हुन सक्छन् । -दिनमा सुत्दा यदि कसैले अल्कोहलिक पदार्थहरु सेवन गरेको छ भने ऊ लामो समयसम्म निदाउन सक्छ । किनकी दिनमा आधा घण्टाभन्दा धेरै सुत्नु राम्रो हुदैन । त्यसैले दिनमा यस्ता पदार्थहरुको सेवन नगर्नुहोस् । -दिउँसो घरमा मात्रै नभयर अफिसमा निदाउन सकिन्छ । किनकी राम्रोसँग आराम गरिसकेपछि जो कोहीले काममा पूरा ध्यान दिन सक्छ ।
त्यस कारण अहिले त विश्वका केहि देशका कम्पनिहरुले आफ्ना कर्मचारीहरुलाई दिउँसो केहि समय सुत्नको लागि छुट्याउन थालेका छन् । -रिपोर्टका अनुसार दिनमा सुत्नु भन्दा पहिले कफि या चिया पिउन सकिन्छ । यसले लामो समय निन्द्रा लाग्न दिदैँन । त्यसमा पनि बिशेषगरि कफीको सेवन आधा घण्टा पछि प्रभावकारी हुने हुँदा दिउँसो कफी सेवन निकै प्रभावकारी मानिन्छ । बिउँझेपछि यसले हामीलाई फ्रेश बन्न मद्दत गर्छ । के हुन्छ दिउँसो सुत्दा ? शास्त्रका अनुसार दिनमा र बेलुका सुल्नुलाई नराम्रो मानिएको छ । स्वास्थ्य सम्बन्धी केहि कारणले पनि यो समयमा सुल्नु नराम्रो मानिन्छ । राम्रो स्वास्थ्यका लागि राम्रो निन्द्रा लिनु आवश्यक हो । सुत्ने कुरालाई शास्त्रसँग पनि जोडिएको छ । शास्त्रमा पनि राम्रो सुताईको फाइदाहरु वर्णन गरिएको छ ताकी मानिसहरूमा सुताईका कारण समस्या नआओस् । शास्त्रमा यस्तो मानिन्छ कि बेलुकाको समयमा धनकी देवी महालक्ष्मी पृथ्वीमा आँउछिन र जो मानिस त्यस समय सुतिरहेको हुन्छ ती मानिसहरूमाथि लक्ष्मीले कृपा नगर्ने बताइन्छ ।
यसरी लक्ष्मीले नै कृपा नगरेपछी सो व्यक्तिलाई आर्थिक समस्याहरूबाट धेरै जुध्नुपर्ने हुन्छ जसले जीवनमा धेरै समस्याहरू ल्याउने गर्छ । यस्तै, स्वास्थ्यका दृष्टिकोणले पनि दिउँसो र बेलुका सुत्ने मानिसमा मोटोपनको समस्या हुनसक्छ । दिँउसो या बेलुका सुत्दा शरिरमा चिल्लो पदार्थको मात्रा बढ्ने चिकित्सकहरू बताउँछन् ।केही मानिसहरू खाने बित्तिकै सुत्ने पनि गर्छन् जसले गर्दा खाएको खाना राम्रोसँग पच्न नपाउने र त्यसले पेट सम्बन्धी अनेक बिमारीका लागी सहयोग गर्छ । बेला न कुबेला सुत्दा हाम्रो कार्यक्षमतामा पनि नकारात्मक प्रभाव पर्न जान्छ साथै दिउँसो सुत्दा अल्छिपन बढ्ने गर्छ । शास्त्रमा बताइए अनुसार दिउसो या बेलुका त्यही व्यक्तिमात्र सुत्न सक्छ जो व्यक्ति कुनै रोगका कारण पिडित छ या कुनै महिला गर्भवती छिन् भने पनि उनी दिउसो सुत्न सक्छिन् ।
यी बाहेक अन्य स्वस्थ्य व्यक्ति दिउँसो या बेलुका सुते धनसम्बन्धी समस्याहरू पर्ने र बढी तनावमा रहनुपर्ने हुन्छ जसले मानिसलाई प्रत्यक्ष९अप्रत्यक्ष रूपले स्वास्थ्य समस्या पनि पर्न सक्छ । दिउँसो र बेलुका सुत्दा राती राम्रोसँग निन्द्रा नपर्ने हुनाले त्यसको भोलिपल्ट दिनभर नै शरिरमा फूर्ती आउँदैन शरिर पुरै आलस्य हुन्छ । यसले शरिरकामाशंपेशीले पनि राम्रोसँग काम नगर्ने तथा मानसिक तनाव समेत हुने गर्छ । यसैले दिउसो या बेलुका सुत्नु नराम्रो मानिन्छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्