विशेष नमाज पढेर इद उल फित्र मनाइँदै
आज सार्वजनिक विदा
इस्लाम धर्मावलम्बीहरुले हसोल्लासपूर्वक इद (इद उल फित्र) पर्व मनाएका छन् ।
एक महिना लामो रोजा सकिएसँगै इस्लाम धर्मावलम्बीहरुले विहिवार इद उल फित्र पर्व मनाएका हुन् । पर्वका अवसरमा इस्लाम धर्मावलम्बीहरुले नजिकैका मस्जिदमा पुगेर नमाज पढी आपसमा शुभकामना साटासाट गरेका छन् । इद उल फित्रलाई इस्लाम धर्मावलम्बीहरुले दुस्मनहरुसँग समेत शुभकामना साट्ने पर्वका रुपमा लिने गरेका छन् ।
पर्वका अवसरमा काठमाडौस्थित नेपाली जामे मस्जिद र काश्मिरी तकिया मस्जिदमा मुस्लिम समुदायको भीड लागेको थियो । मस्जिदमा उपस्थित भएका इस्लाम धर्मावलम्बीहरुले नमाज पढेपछि गला मिलाएर इद मुबारक भन्दै शुभकामना साटासाट गरे।
मस्जिद्मा शुभकामना साटासाट गरेपछि घरमा गएर प्रसाद खाइ परिवारका सदस्यबीच तीन दिनसम्म खुशीयाली मनाउने चलन रहेको इस्लाम धर्मावलम्बीहरुले बताए ।
नेपालमा इस्लाम धर्मावलम्बीहरुको संख्या १२ लाख रहेको सरकारी तथ्यांक छ । इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व भएका कारण सरकारले विहिवार सार्वजनिक विदा दिएको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्