भारतबाट अायातीत बिजुली महँगियो
फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो। कारोबार दैनिकमा समाचार छ।
५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा(भारु)मा विद्युत खरिद गर्ने सम्झौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्युत प्राधिकरणले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँगै रिमोर्टमार्फत स्विच थिचेर यो परिमाणमा विद्युत आयातको शुभारम्भ गरेका थिए।
विद्युत प्राधिकरण र भारतको नेसनल थर्मल पावर कम्पनी (एनटीपीसी)को प्लान्टबाट व्यापारिक कम्पनी एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)बीच आइतबार नयाँ मूल्यसमबन्धी सम्झौता भएको हो।
सम्झौतापत्रमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र एनभीभीएनका प्रवन्ध निर्देशक अरुणकुमार गर्गले हस्ताक्षर गरे।
हालै भएको दुर्इ देशको उर्जा व्यापार सम्झाैता (पीटीए) अन्तर्गतको नेपाल
भारत सचिवस्तरीय संयुक्त बैठकमा भारतीय पक्षले बजार मूल्यको अाधारमा मात्र
विद्युत दिन सक्ने प्रस्ताव गरेको थियो।
नेपाली पक्षले साविककै मूल्यमा एक वर्षसम्म विद्युत दिन अाग्रह गरेपनि भारतीय पक्षले अस्वीकार गरेपछि विद्युतको मूल्य बढेको हो।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्