अब हिन्दीमा पनि ‘जिस्म’ (भिडियो )
राजु गिरि निर्देशित फिल्म ‘जिस्म’ भारतमा पनि प्रदर्शन हुने भएको छ । हिन्दि ड्रविङ का साथमा भारतका हलहरुमा पनि फिल्म लाग्ने भएको हो ।नेपालका लगि हाइलाइट नेपाल र भारतको कम्पनी ए के क्रियशनबीच सम्झौता भइ उक्त चलचित्र भारतमा समेत हिन्दी भाषामा ड्रविङ गरेर प्रदर्शन गरिने बताइएको छ ।भारतका नसिम खाँ ले उक्त चलचित्र भारतका विभिन्न हलहरुमा प्रदर्शन गर्न हाइलाइटस नेपालसंग सम्झौता गरेका छन । नेपालमा यहि असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र जिस्म भारतमा भने ‘एक जान है हुम’ का रुपमा अगस्ट ९ मा प्रदर्शन हुनेछ । चलचित्रमा अर्चना पनेरु, सुरेन्द्र बुढा, ओकेश पनेरु लगायतका कलाकारको अभिनय रहेको छ ।


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्