नायिका अरुणिमा लम्सालले पनि नेपाल छाड्ने !

नेपालका नायिकाहरु विवाहपछि फिल्मबाट हराउँने पुरानै चलन हो ।
कुनै समय नेपाली फिल्ममा राम्रो चर्चा र स्थान बनाएकी नायिका अरुणिमा लम्साल पनि अब विदेशिने भएकी छन् ।
विवाहपछि पनि केही फिल्ममा अभिनय गरेकी अरुणिमा लम्साल अब भने आफ्ना बैंकर श्रीमान र छोरीसहित अमेरिका जाने भएकी हुन् ।
एक वर्ष लामो प्रक्रियापछि उनको परिवारलाई अमेरिका बसाईका लागि ग्रिनकार्ड मिलेको जनाइएको छ ।
दर्जनौ नेपाली फिल्महरुमा अभिनय गरेकी उनले आफूसँगका सहकर्मीहरु अधिकांश अमेरिकामा नै रहेकाले पनि आफू त्यता जान लागेको उल्लेख गरेकी छन् ।
Source-Dainik Khabar

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्